२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

डिफेन्डर विराज महर्जनकाे सुखद संन्यास

- विशेष खबर सोमबार १६, चैत २०७७ ०८:२६

डिफेन्डर विराज महर्जनकाे सुखद संन्यास

काठमाडाैं।नेपाली फुटबल टिमका डिफेन्डर विराज महर्जनले संन्यास लिएका छन्। 

काठमाडाैंमा सम्पन्न थ्री नेसन्स कपपछि विराजले राष्ट्रिय टिमबाट संन्यास लिएका हुन्। थ्री नेसन्स कपको फाइनलमा विराज ८९ मिनेटमा त्रिदेव गुरूङको स्थानमा मैदान प्रवेश गरेका थिए। 

विराजले राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्षपछि संन्यास लिएका हुन्। उनले सन् २००८ मार्च २५ मा पाकिस्तानविरूद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन्। त्रिपुरेश्वरका स्थायी बासिन्दा विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरू गरेका थिए। 


#विराज महर्जन

प्रतिकृया दिनुहोस