२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उचाल्याे ट्रफि

- विशेष खबर सोमबार १६, चैत २०७७ ०७:४२

बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उचाल्याे ट्रफि

काठमाडाैं ।  नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक-एक गोल गरे ।

नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो । यसअघि सन् १९८४ मा उनले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो र यसको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो समग्रमा पाँचौं उपाधि हो ।


#थ्री नेसन्स कप

प्रतिकृया दिनुहोस