२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

त्रिदेशीय कप फुटवलः बंगलादेशविरुद्ध पहिलाे हाफमा नेपाललाई २ गाेलकाे अग्रता

- विशेष खबर सोमबार १६, चैत २०७७ ०६:३३

त्रिदेशीय कप फुटवलः बंगलादेशविरुद्ध पहिलाे हाफमा नेपाललाई २ गाेलकाे अग्रता

काठमाडौं । दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलकाे पहिलाे हाफमा नेपालले दुई गोल गरेको छ ।

खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले र ४१ ‌औं मिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले गोल गरेका हुन् ।

नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका हुन् । यस्तै खेलको ४१ ‌औं मिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले सुन्दर गोल गरेका हुन् ।

साढे ५ बजेदेखि सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् ।


#त्रिदेशीय कप फुटवल

प्रतिकृया दिनुहोस