२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

वरिष्ठ नेता नेपालसहित ५ जनालाई स्पष्टीकरण सोध्ने नेकपा एमालेकाे निर्णय

- विशेष खबर शनिबार ०७, चैत २०७७ ०६:११

वरिष्ठ नेता नेपालसहित ५ जनालाई स्पष्टीकरण सोध्ने नेकपा एमालेकाे निर्णय

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ओली समूहको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने र चितबुझ्दो जवाफ नआए कारबाही गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

आजै संसदीय दलको विधान संशोधनको सिफारिस संसदीय दलको बैठकबाट पारित गरिएको थियो । विधानमा दलको नेताले दल, पार्टी र देशविरुद्ध गतिविधि कुनै सदस्यले गरेको दलको नेतालाई लागेमा स्पष्टीकरण सोध्नसक्ने अधिकार दिइएको थियो । उक्त व्यवस्थासहितको विधान शनिबार नै केन्द्रीय कमिटीबाट पनि पारित भएको थियो । सोही विधानअनुसार पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय लिइएको हो ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले ती नेताहरुलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाही हुने बताएका थिए ।

ओलीको भनाइ उद्धृत् गर्दै एक केन्द्रीय सदस्यले भने, 'माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिन्छ । चितबुझ्दो जवाफ नआए कारबाही हुन्छ ।'


#नेकपा एमाले

प्रतिकृया दिनुहोस