२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

एमाले संसदीय दलको बोर्ड गठन, खनाल र नेपाल पनि सदस्य

- विशेष खबर बिहिबार ०५, चैत २०७७ ०२:५४

एमाले संसदीय दलको बोर्ड गठन, खनाल र नेपाल पनि सदस्य
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ । बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।

सांसद महेश बस्नेतका अनुसार तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको छ । बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त समूहका सांसदहरूलाई पनि मनोनीत गरिएको छ ।

त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको पनि बस्नेतले जानकारी दिए ।

दलको अर्को बैठक चैत ७ गते बस्ने सांसद शेरबहादुर तामाङले बताए ।

एमाले संसदीय बोर्डका सदस्यहरू

केपी शर्मा ओली

झलनाथ खनाल

माधवकुमार नेपाल

सुवास नेम्वाङ

शेरबहादुर तामाङ

रघुवीर महासेठ

भुपेन्द्र थापा

खेम लोहनी

सरिता दाहाल

विमला विक

राधा ज्ञवाली

बिन्दा पाण्डे

विशाल भट्टराई

सुमन प्याकुरेल

शान्ता चौधरी

विमला राई पौडेल

राजेन्द्र राई

मोहन बानियाँ

नारदमुनि राना

विद्या भट्टराई

दामोदर भण्डारी

रेखा झा

छविलाल विश्वकर्मा

खिमलाल भट्टराई


#एमाले

प्रतिकृया दिनुहोस