२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

राष्ट्रपति बोलाएको सर्वदलीय बैठकमा खनाल र नेपाल सहभागी नहुने

- विशेष खबर मङ्गलबार ०३, चैत २०७७ ०३:५१

राष्ट्रपति बोलाएको सर्वदलीय बैठकमा खनाल र नेपाल सहभागी नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी नहुने बताए । 

उनले भने,'बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उहाँहरु आज राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन भ्याउनु हुन्न ।'

पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति भण्डारीले खनाल र नेपाललाई सर्वदलीय बैठकमा बोलाएकी हुन् ।

समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई मंगलबार अपरान्ह ४ बजे बोलाएकी छन् ।

पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


#राष्ट्रपति #सर्वदलीय बैठक

प्रतिकृया दिनुहोस