२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

दाहाललाई प्रधानमन्त्री ओलीको फोन : समय मिलाएर भेटौँ न, म केही कुरा गर्न चाहन्छु

- विशेष खबर सोमबार ०२, चैत २०७७ ०७:०२

दाहाललाई प्रधानमन्त्री ओलीको फोन : समय मिलाएर भेटौँ न,  म केही कुरा गर्न चाहन्छु
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको प्रस्ताव गरेका छन् । सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए । 

‘उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ । प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ,’ दाहालनिकट ती नेताले भने, ‘त्यसपछि उहाँ(ओली) ले बिहान बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ । त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्‍नुभयो ।’

ओलीले भने दाहालसँग आफूले केही कुरा गर्न चाहेको बताएका थिए । ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ । मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन । तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले दाहालसँग भनेका थिए ।

गत पुस १५ गते ओलीले दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए । त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन ।


#केपी शर्मा ओली #पुष्पकमल दाहाल

प्रतिकृया दिनुहोस