२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

खनाल-नेपाल समूहकाे भेला : ओली समूहकाे चियापानमा नजान नेता कार्यकर्तालाई निर्देशन

- विशेष खबर सोमबार ०२, चैत २०७७ ०६:०७

खनाल-नेपाल समूहकाे भेला :  ओली समूहकाे चियापानमा नजान नेता कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताएका हुन् । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताएका हुन् ।

धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । उक्त भेलामा सहभागी एक नेताका अनुसार, ओलीसँगको छलफल निश्कर्षमा नपुगेकाले कुनै पनि भेला नरोकिने निर्णय नेपालले सुनाएका छन् ।

ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजाने बताएका छन् । नेताहरुले आफ्नो समूहका कोही पनि उक्त चियापानमा नजान निर्देशन दिएको छ ।


#नेकपा एमाले #झलनाथ खनाल #माधवकुमार नेपाल

प्रतिकृया दिनुहोस