२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

चैत १७ देखि तेस्रो आइएमई टेनिस प्रतियोगिता हुने

- विशेष खबर सोमबार ०२, चैत २०७७ ०५:५०

चैत १७ देखि तेस्रो आइएमई टेनिस प्रतियोगिता हुने

काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ सन्चालन हुने भएकाे छ ।

काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा यही चैत १७ गतेदेखि २२ गतेसम्म आयोजनागर्न लागिएको उक्त प्रतियोगितामा यू८ – यू१६ उमेर समुहका खेलाडीहरूले भागलिन सक्नेछन् ।

प्रतियोगितामा भागलिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेभ साइट http://www.imefoundation.org/ मा पनि आवेदन फारम उपलब्ध छ । खेलाडीहरूको पूर्ण विवरण सहित भरिएकाआवेदन फारमहरू यही मिति २०७७ साल चैत १२ (२५ मार्च २०२१) गते विहीवार भित्र माथि उल्लेखित स्थानहरुको साथै [email protected] मा पनि बुझाउन सकिनेछ । यस सम्बन्धि विस्तृत जानकारीका लागि पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ। रितपूर्वक प्राप्तहुन् आएका आवेदनहरूलाईमात्र टाई सीटमा समावेश गरिनेछ ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगतचार वर्षदेखि गर्दै आइरहेको छ । गतवर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजनागर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भनेप्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्थाहो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतकाविभिन्न क्षेत्रमायोगदान पु¥याउँदै आएको छ । 
 


#आइएमई #टेनिस

प्रतिकृया दिनुहोस