२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

५ महिना पछि ओली र नेपालबीच भेटवार्ता हुँदै, काे काे छन् सहभागी ?

- विशेष खबर सोमबार ०२, चैत २०७७ ११:००

५ महिना पछि ओली र नेपालबीच भेटवार्ता हुँदै, काे काे छन् सहभागी ?

काठमाडौं । करिब ५ महिना पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबीच भेटवार्ता हुने भएको छ । पछिल्लो समय यी नेताहरुबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो ।

यसअघि बालुवाटारमा नै ओलीले नेता नेपाललाई भेट्न बोलाएका थिए । तर नेता नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बराही जान राजी भएका हुन् । ।

सोमबार बिहान ओलीले बालुवाटारमा एमालेका नेताहरुका लागि चियापानका कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए । चियापान हुनु पूर्व नेताहरुबीच भेटवार्ता हुन लागेको हो ।

भेटमा अध्यक्ष ओलीको तर्फबाट प्रदीप ज्ञवाली,विष्णु पौडेल र महासचिव इश्वर पोखरेल भेटमा सहभागी हुँदै छन् भने नेपालका पक्षबाट खनाल समूहका नेताहरु सहभागी हुनेछन् ।

चैत ७ गते ओली पक्षले केन्द्रीय किमटीको बैठक बोलाएको छ भने मंगलबार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो । नेपाल समूहले निर्वाचन आयोगमा पुगेर ओलीको निर्णय आधिकारिक निर्णय नभएको भन्दै आइतबार पत्र दिएका थिए ।


#केपी शर्मा ओली #माधव नेपाल

प्रतिकृया दिनुहोस