२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

काठमाडौं मेयर्स कप क्रिकेटः एपीएफलाई पराजित गर्दै नेपाल पुलिस च्याम्पियन

- विशेष खबर शनिबार २९, फागुन २०७७ ०३:३७

काठमाडौं मेयर्स कप क्रिकेटः  एपीएफलाई पराजित गर्दै नेपाल पुलिस च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्वन्दी एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पुलिसका बलर चम्किएपछि एपीएफमाथि सहजै जित हात पारेको हो ।

युवा फास्ट बलर गुल्सन झा र सागर ढकाले ४-४ विकेट लिएपछि एपीएफले १०५ रनमै अलआउट भएको थियो । जवाफमा पुलिसले  २४.१ ओभर खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पुलिसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । दिपेन्द्र सिंह ऐरीले २५औं ओभरको पहिलो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै जित निश्चित गरेका थिए ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो संस्करणको मेयर्स कप जित्दै पुलिसले नगद ५ लाख रुपैयाँ हात पार्‍यो । उपविजेता एपीएफले ३ लाख पायो । पुलिसले फाइनल जित्दै लिग चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

पुलिसले गत वर्ष तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेयता पहिलो पटक ५० ओभरको क्रिकेटको उपाधि जितेको हो । उता एपीएफले भने लगातार दुईवटा एकदिवसीय क्रिकेटमा उपविजेतामै चित्त बुझाउनुपर्‍यो । माघमा भएको प्रधानमन्त्री कपको फाइनलमा एपीएफ त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।

 


#क्रिकेट #फाइनल #उपाधि

प्रतिकृया दिनुहोस