२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

गृहमन्त्री थापा सहितका मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रकाे निर्देशन

- विशेष खबर शनिबार २९, फागुन २०७७ १०:३६

गृहमन्त्री थापा सहितका मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रकाे निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

पूर्वमाओवादी समूहका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले संकटका वेला पार्टी एकता र नेतृत्वको रक्षाका लागि दृढतापूर्वक उभिएको भन्दै पूर्वमाओवादी समूहका २३ जनालाई ओली समूहले केन्द्रीय सदस्य बनाउँदै विभिन्न जिम्मेवारीसमेत दिएको छ। बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।


#नेकपा माओवादी केन्द्र #प्रधानमन्त्री ओली

प्रतिकृया दिनुहोस