२०८१ बैशाख १९ गते बुधबार | 1 May, 2024

जसपा संसदीय दलकाे बैठक सिंहदरबारमा सुरु

- विशेष खबर शुक्रबार २८, फागुन २०७७ ०३:०७

जसपा संसदीय दलकाे बैठक सिंहदरबारमा सुरु

काठमाडौं । जसपा संसदीय दलकाे बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा संसदीय दलकाे विधान पारित गर्नेबारे छलफल हुँदैछ ।

संसदीय दलकाे नेता कसलाई बनाउने भन्नेबारे पनि छलफल हुने बताइएको छ । बैठकमा संसदीय दलको नेताबारे निर्णय हुन सक्ने जसपाका नेताले बताएका छन् ।

बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद् अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो लगायत सहभागी छन् ।

बिहीबार मात्रै सरकारी पक्ष र जसपाका नेताहरूबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्ने बताएका थिए । सांसद रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तालाई रिहा तथा मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउनुपर्ने माग सुनुवाइका लागि आफू तयार भएको बताएका थिए ।


#जसपा #संसदीय दल

प्रतिकृया दिनुहोस