२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

निर्वाचन आयोगले खारेज गर्याे ओली र दाहाल अध्यक्ष रहेकाे 'नेकपा' (विज्ञप्ति सहित)

- विशेष खबर मङ्गलबार २५, फागुन २०७७ ०५:३१

निर्वाचन आयोगले खारेज गर्याे ओली र दाहाल अध्यक्ष रहेकाे 'नेकपा' (विज्ञप्ति सहित)

काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (नेकपा) निर्वाचन आयोगले खारेज गरेको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ ।

यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र दाहाललाई जानकारी दिने भएको छ ।

यहाँ क्लिक गर्नुहाेसः हेर्नुहोस् आयोगको विज्ञप्ति


#निर्वाचन आयोग #नेकपा

प्रतिकृया दिनुहोस