२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

धुम्बाराहीमा नेकपाकाे बाेर्ड हटाइयाे

- विशेष खबर मङ्गलबार २५, फागुन २०७७ ११:२१

धुम्बाराहीमा नेकपाकाे बाेर्ड हटाइयाे

काठमाडौं । साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । म‌ंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो । माओवादी केन्द्रको मुख्यालय पनि एकीकरण अघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ ।

सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् । ओली समूहले पनि अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।

जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् । केही जिल्लामा एकाध दिनमै एमाले कार्यालय सञ्चालन गर्ने तयारी स्थानीय नेता–कार्यकर्ताले गरिरहेका छन् ।


#एमाले

प्रतिकृया दिनुहोस