२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने दाहाल–नेपाल समूहकाे निर्णय

- विशेष खबर सोमबार २४, फागुन २०७७ ०७:०९

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने दाहाल–नेपाल समूहकाे निर्णय

काठमाडाैं । दाहाल–नेपाल समूहकाे स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। आज पेरिसडाँडामा बसेको बैठकले उक्त निर्णय गरेको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। 

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियाे। त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको छ। 

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए। एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ। 


#दाहाल–नेपाल समूह

प्रतिकृया दिनुहोस