२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

ओली, नेम्वाङ लगायतलाई दलबाट हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद्‍ सचिवालयलाई जानकारी

- विशेष खबर बिहिबार २०, फागुन २०७७ ०५:४७

ओली, नेम्वाङ लगायतलाई दलबाट हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद्‍ सचिवालयलाई जानकारी

काठमाडाैं । नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ । 

बिहीबार प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन् ।

'संसद्‍ पार्टीका संसदीय दलका निर्णयअनुसार चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद् सचिवालयलाई जानकारी गराएका छौं । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका व्यक्तिबारे पार्टीले गरेका निर्णय जानकारी गराएका हौं'

संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन दाहाल-नेपाल पक्षका प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ संसद् सचिवालय पुगेका थिए ।


#नेकपा #दाहाल-नेपाल समूह

प्रतिकृया दिनुहोस