२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

सर्वोच्चको फैसला मानेर जाने ओली समूहको निर्णय

- विशेष खबर बुधबार १२, फागुन २०७७ ०२:५२

सर्वोच्चको फैसला मानेर जाने ओली समूहको निर्णय

काठमाडौं । नेकपाको ओली समूहले सर्वोच्च अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको यो समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै संसद् बैठक बोलाउने बताए ।

समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले बताए । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, 'हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्क परामर्शपछि ।’ स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने भएको छ ।


#प्रधानमन्त्री

प्रतिकृया दिनुहोस