२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

कांग्रेसकाे १४ औं महधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रीय कार्यसमितिमा प्रस्ताव पेस

- विशेष खबर बुधबार ०५, फागुन २०७७ ०७:५४

कांग्रेसकाे १४ औं महधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रीय कार्यसमितिमा प्रस्ताव पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए ।

यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

पाँच वर्षमा महाधिवेसन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने बताएका छन् । बैठकमा उनले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा,अविश्वास प्रस्तावको पक्षमा र संवैधानिक निकायमा भएका नियुक्तिको खारेजी गर्नुपर्ने निर्णय पार्टीले गर्नुपर्ने प्रस्ताव राखेका छन् ।


#काँग्रेस

प्रतिकृया दिनुहोस