२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

बैतडीमा आयोजित सभामा ओली समूहले ढुँगामुढा गरेकोमा कांग्रेसको आपत्ति (विज्ञप्ति सहित)

- विशेष खबर मङ्गलबार ०४, फागुन २०७७ ०८:३१

बैतडीमा आयोजित सभामा ओली समूहले ढुँगामुढा गरेकोमा कांग्रेसको आपत्ति (विज्ञप्ति सहित)

काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुँगामुढा गरेमाको नेपाली कांग्रेसले आपत्ति जनाएकाेको छ । ओली समूहका कार्यकर्ताको ढुँगामुढाबाट आफ्ना केही नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महरलगायतका नेता सहभागी कार्यक्रममा नियोजित रुपमा ढुंगामुढा प्रहार भएको कांग्रेसले जनाएकाे छ । उक्त ढुंगामुढाबाट केही सवारी साधनमा समेत क्षति पुगेको भन्दै  कांग्रेसले घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग समेत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ ।’

दुवै पक्षबीचको असमझदारीका कारण विवाद भएको देखिए पनि अहिले त्यहाँको अवस्था सामान्य भइसकेको बैतडीका डीएसपी नारायण प्रसाद अधिकारीले बताए । घटनाबारे थप बुझ्ने काम भइरहेकोले कसैलाई पनि नियन्त्रणमा लनिएकाे डिएसपी अधिकारीले जानकारी दिए ।


#नेपाली काँँग्रेस #बैतडी

प्रतिकृया दिनुहोस