२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

कांग्रेसले बुधबारका लागि बाेलायाे केन्द्रीय कार्यसमिति बैठक

- विशेष खबर आइतबार ०२, फागुन २०७७ ०७:०४

कांग्रेसले बुधबारका लागि बाेलायाे केन्द्रीय कार्यसमिति बैठक

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने भएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने  जानकारी दिएका छन्।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको जारी आन्दोलन र आगामी योजना लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।


#काँग्रेस #केन्द्रिय कार्यसमिति

प्रतिकृया दिनुहोस