२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

रामकुमारी झाँक्री रिहा

- विशेष खबर बिहिबार २९, माघ २०७७ ०६:३५

रामकुमारी झाँक्री रिहा

काठमाडौं । प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।

प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।

नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरे । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका हुन् ।

नेकपाको दाहाल–नेपाल समूहकी झाँक्रीलाई प्रहरीले राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी थिइन् ।


#रामकुमारी झाँक्री #प्रहरी #पक्राउ

प्रतिकृया दिनुहोस