२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न कांग्रेसकाे माग

- विशेष खबर बिहिबार २९, माघ २०७७ ०५:४६

रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न कांग्रेसकाे माग
तस्बिरः रासस ।

काठमाडौं । नेपाली कांग्रेसले राज्यविरुद्धको कसूरको आरोपमा पक्राउ परेकी नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले पछिल्लो समय नेपाली राजनीतिमा उत्तेजक अभिव्यक्ति र ब्यवहारको शृङ्खला नै चलेको बताएका छन् । ‘खासगरी नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट ब्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल विल्कुलै छैनन्’ शर्माले भनेका छन् ।

 


#नेपाली काँँग्रेस #रामकुमारी झाँक्री #पक्राउ

प्रतिकृया दिनुहोस