२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

- विशेष खबर बिहिबार २९, माघ २०७७ ०५:११

रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेकपा रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्य बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् । 

उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

शुक्रबार सोनाम ल्होसारको सार्वजनिक बिदा र पर्सि शनिबार परेकोले दुई दिन अदालत खुल्दैन । त्यसैले, आइतबार उक्त मुद्दाको पेसी तोकिएको हो ।


#रामकुमारी झाँक्री #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस