२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा झाँक्रीलाई पक्राउ गरियो : दाहाल

- विशेष खबर बिहिबार २९, माघ २०७७ ०२:३५

प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा झाँक्रीलाई पक्राउ गरियो : दाहाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको बताएका छन् । बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको बताएका हुन् । 

'रामकुमारी झाँक्रीलाई प्रहरीले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’ उनले भने, 'हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।’

अध्यक्ष दाहालले लोकतन्त्रको पक्षमा आफ्ना विचारहरु राख्नेमाथि ताला लगाउने काम भएको बताए । 'मलाई लाग्छ उहाँ छुटिहाल्नु होला । तर, उनीहरुले कहाँ हमला गर्न खोजेका छन् भने जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्यो । त्यो विचार, लोकतन्त्रमाथि ताला जगाउने षडयन्त्र भएको छ,’ दाहालले भने ।

दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।


#पुष्पकमल दाहाल # रामकुमारी झाँक्री #पक्राउ # रामकुमारी झाँक्री

प्रतिकृया दिनुहोस