२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

पहिलो टेस्टमा भारत २ सय २७ रनले पराजित

- विशेष खबर मङ्गलबार २७, माघ २०७७ ०७:५५

पहिलो टेस्टमा भारत २ सय २७ रनले पराजित

चेन्नाई । जोए रुटको नेतृत्वमा इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्ट मंगलबार २ सय २७ रनले जितेको छ । यो जितपछि इंग्ल्यान्डले भारतविरुद्ध उसकै भूमिमा टेस्ट शृंखला हात पार्ने सम्भावना पनि बढेको छ ।

स्पिनर ज्याक लेचले ४ र जेम्स एन्डरसनले ३ विकेट लिए । त्यस प्रदर्शन अगाडि इंग्ल्यान्ड अन्तिम दिन १ सय ९२ रनमा अलआउट भयो । भारतले जितका लागि ४ सय २० रनको लक्ष्य पाएको थियो ।

अस्ट्रेलियाविरुद्ध शृंखला जितेको भारतमाथि प्राप्त यो सफलता इंग्ल्यान्डका लागि अझ विशेष रहेको छ । रुट ब्याट मात्र चम्केनन्, उनले जितका लागि रचेको रणनीति पनि विशेष रह्यो ।

उनले आफ्नो सयौं टेस्टमा २ सय १८ रन बनाए र त्यसको मद्दतमा इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा ५ सय ७८ रन बनाएको थियो । रुट सयौं टेस्टमा दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान पनि भए ।

जितका लागि विशाल लक्ष्य पछ्याउने क्रममा भारतले कुनै पनि मोडमा राम्रो प्रदर्शन गर्न सकेन् । कप्तान विराट कोहलीले टिमका लागि सर्वाधिक ७२ रन बनाए ।


#पहिलो टेस्ट #इंग्ल्यान्ड #भारत

प्रतिकृया दिनुहोस