२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

४ सय २० रनकाे लक्ष्य पछ्याउदै भारत

एजेन्सी सोमबार २६, माघ २०७७ ०६:३८

४ सय २० रनकाे लक्ष्य पछ्याउदै भारत

चेन्नई । भारतले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट जित्न चौथो दिन सोमबार ४ सय २० विशाल लक्ष्य पाएको छ । त्यसलाई पछ्याउने क्रममा एक विकेट गुमाएर ३९ रन बनाएको छ ।

भारतलाई अझै ३ सय ८१ रन बनाउन आवश्यक छ । भारतको ९ विकेट बाँकी रहेको छ । चेतेश्वर पुजारा १२ र शुभमन गिल १५ रन बनाएर खेलिरहेका छन् । रोहित शर्मा १२ रन बनाएर ज्याक लेचको बलमा बोल्ड भए ।

यसअघि इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्स १ सय ७८ रन बनाएर अलआउट भएको थियो । त्यसमा रविचन्द्रन आविश्वनले ६१ रन खर्चेर छ विकेट लिए । यस्तै इशान्त शर्माले एक विकेट हात पारे र यो उनको ३००औं टेस्ट विकेट रह्यो ।


# भारत इंग्ल्यान्ड #पहिलो टेस्ट #क्रिकेट

प्रतिकृया दिनुहोस