२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

भारतविरुद्ध इंग्ल्यान्डको उत्कृष्ट सुरुवात, रुटको शतक

एजेन्सी शुक्रबार २३, माघ २०७७ ०७:१९

भारतविरुद्ध इंग्ल्यान्डको उत्कृष्ट सुरुवात, रुटको शतक
तस्बिरः एएफपि

चेन्‍नई इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टको पहिलो दिन शुक्रबार उत्कृष्ट सुरुवात गरेको छ र कप्तान जोए रुटले आफ्नो सयौं टेस्टमा शतक प्रहार गरेका छन् ।

पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ३ विकेट गुमाएर २ सय ६३ रनको स्थितिमा छ ।

रुट १ सय २८ रन बनाएर खेलिरहेका छन् । उनले १४ चौका र एक छक्का प्रहार गरेका छन् । दिनको अन्त्यमा इंग्ल्यान्डले आफ्ना प्रारम्भिक ब्याट्सम्यान डम सिब्लीलाई ८७ रनमा गुमाएको थियो ।

सिब्लीले दिनको अन्तिम बलमा जसप्रित बुमराहको बलमा एलबीडब्लू आउट भए । उनले रुटसँग मिलेर तेस्रो विकेटका लागि दुई सय रनको साझेदारी गरे ।


#इंग्ल्यान्ड #भारत #टेस्ट

प्रतिकृया दिनुहोस