२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

प्रधानमन्त्री ओलीकाे दाहाललाई प्रश्न, ‘मांशाहारी आन्दोलन भनेको चिकन चिल्ली खाने भनेको हो’ ?

- विशेष खबर शुक्रबार २३, माघ २०७७ ०३:३६

प्रधानमन्त्री ओलीकाे दाहाललाई प्रश्न, ‘मांशाहारी आन्दोलन भनेको चिकन चिल्ली खाने भनेको हो’ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पुष्पकमल दाहालले 'अब मांशाहारी आन्दोलन आवश्यक छ' भनेर दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । नरभंक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन’ ।

वर्तमान, इतिहास र देश बनाउने संकल्प बोकेकाले आफूले नेतृत्व गरेको पार्टी नै मूल भएको र आजबाट यसको फैसला भएको ओलीको भनाइ थियो । ‘मूल पार्टी कुन हो भन्ने अझै अन्योल र अलमल छ भने उनीहरुलाई कठैबरा बन्न सकिन्छ । मूल पार्टी यही हो, तपाईं–हामी जहाँ छौँ । यो कम्युनिस्ट पार्टीको मात्र होइन, देशकै मूल पार्टी हो । देशकै ठूलो पार्टी हो । देश बनाउने पार्टी हो । देशको रक्षा गर्ने पार्टी हो,’ ओलीले भने, ‘आजबाट मूल पार्टी को हो भन्ने टुंगो लाग्यो । कुन सक्कली, कुन नक्कली भन्ने फैसला भयो ।’

दाहाल–नेपालको आन्दोलनतर्फ व्यङ्‍ग्य गर्दै ओलीले भने, ‘काठमाडौंमा आमसभा गर्न ठाँउ भएन । अरुलाई जहाँ छाने पनि सानो हुन्छ । हामीलाई जहाँ छाने पनि सानो हुन्छ । काठमाडौंको सबैभन्दा धेरै अट्ने ठाँउ खोज्दा पनि सानो भयो, जता हेरे पनि खाँदाखाँद छ ।’ इतिहासकै सवैभन्दा ठूलो जनसभा काठमाडौंमा भएको ओलीको दाबी थियो ।


#प्रधानमन्त्री केपी शर्मा ओली #पुष्पकमल दाहाल

प्रतिकृया दिनुहोस