२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

पूर्व लडाकूहरुलाई समाजमा स्थापित गर्न नसक्नु कमजोरी भयो : दाहाल

- विशेष खबर बुधबार २१, माघ २०७७ ०४:०४

पूर्व लडाकूहरुलाई समाजमा स्थापित गर्न नसक्नु कमजोरी भयो : दाहाल

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूहरुलाई संगठनमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् । त्यसको समाधानका लागि पार्टीमा पूर्व लडाकूहरुको विशेष पार्टी कमिटी बनाउने योजना सुनाए ।

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पूर्व लडाकूहरुलाई केन्द्रमा स्थापित गरेको बताए । जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुनलाई उपराष्ट्रपति बनाउनुका साथै थुप्रै कमाण्डरहरु केन्द्र तथा प्रदेशमा मन्त्री तथा सभामुख बनाउन भूमिका खेलेको उनको भनाइ थियो ।

सबैलाई पार्टी कमिटीमा समायोजन गर्न नीतिगत निर्णय पनि गरेको भन्दै प्रचण्डले भने, ‘कार्यान्वयन भयो कि भएन भनेर हेरिएन । त्यहाँ गल्ती भयो ।’

उनले अघि भने, ‘केन्द्रीय भूमिकामा गल्ती गरे जस्तो लाग्दैन तर तलसम्म पार्टी कमिटीमा उचित जिम्मेवारी दिएर सम्मानजनक रुपमा समाजमा स्थापित गर्न सकिनँ ।’

यसको समाधानका लागि बर्हिगमित, स्वेच्छिक अवकास लिएका सबै लडाकूहरुलाई पार्टीमा विशेष कमिटी बनाएर संगठित गर्ने योजना बनाएको उनले सुनाए ।

 


#पुष्पकमल दाहाल

प्रतिकृया दिनुहोस