२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने दाहाल–नेपाल समूहको निर्णय

- विशेष खबर सोमबार १९, माघ २०७७ ०४:४७

निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने दाहाल–नेपाल समूहको निर्णय

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ। सोमबार बबरमहलस्थित कार्की व्यांक्वेटमा बसेको चौथौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। यस्तै आजको बैठकले विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयसमेत गरेको छ।

प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्य र पौडेललाई महासचिवबाट हटाउन गरेको प्रस्ताव बैठकले पारित गरेको हो।गएको माघ ११ गते पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो।


#दाहाल–नेपाल समूह #नेकपा

प्रतिकृया दिनुहोस