२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

दाहाल-नेपाल समूहले बाेलायाे केन्द्रीय कमिटी बैठक

- विशेष खबर आइतबार १८, माघ २०७७ ०५:५६

दाहाल-नेपाल समूहले बाेलायाे केन्द्रीय कमिटी बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले सोमबार विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यत: त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने साहले बताए ।

यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको थियो । दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनमा छ ।


#नेकपा #दाहाल–नेपाल समूह #केन्द्रीय कमिटी बैठक

प्रतिकृया दिनुहोस