२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

सकियाे संसद् विघटनविरुद्धका रिट निवेदककाे बहस, भाेलिदेखि सरकारी पक्षले बहस गर्ने

- विशेष खबर आइतबार १८, माघ २०७७ ०४:३७

सकियाे संसद् विघटनविरुद्धका रिट निवेदककाे बहस, भाेलिदेखि सरकारी पक्षले बहस गर्ने
फाइल तस्बिर ।

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदकका तर्फबाटका कानुन व्यवसायीहरूको तर्फबाटको बहस सकिएको छ । माघ ४ गतेदेखि सुरु भएको निरन्तर बहस १३ दिनमा निवेदकका तर्फबाट सकिएको हो ।

१३ रिट निवेदककातर्फबाट संवैधानिक इजलासमा करिब ७० कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट २ सय भन्दा बढी कानुन व्यवसायीले वकालतनामा भरेका थिए ।

रिट निवेदककातर्फको बहस सकिएपछि सोमबारदेखि विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाटका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

महान्यायाधीवक्ता अग्नि खरेललगायत सरकारी वकिल र प्रधानमन्त्री ओलीकोतर्फबाट निजी वकिलहरूले बहस गर्नेछन् ।


#प्रतिनिधिसभा विघटन #रिट निवेदक

प्रतिकृया दिनुहोस