२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

नेकपाको आधिकारिकताबारे आयोगले निर्णय गरिसकेको नेम्वाङको दाबी

- विशेष खबर शुक्रबार १६, माघ २०७७ ०१:३७

नेकपाको आधिकारिकताबारे आयोगले निर्णय गरिसकेको नेम्वाङको दाबी

काठमाडौं  । केपी शर्मा ओली नेतृत्वको समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेको र आयोग निर्वाचनको तयारीमा जुटेको दाबी गरेका छन् ।

निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, दाहाल–नेपाल समूहले छलफलका लागि थप समय मागेपछि आयोगले ओली समूहका नेताहरुसँग मात्रै छलफल गरेको थियो । उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा मात्रै छलफल नेम्वाङले जानकारी दिए ।

‘सम्मानित सर्वोच्च अदालतमा प्रतिनिधिसघा विघटनलाई लिएर रिट निवेदनहरु परेका छन् । अहिले त्यसको सुनवाइ भइरहेको छ । तर यही क्रममा सर्वोच्च अदालतले स्टे अर्डर नगर्ने आदेश छ । यो परिप्रेक्ष्यमा हामी सबैको र निर्वाचन आयोगको बुझाई निर्वाचनको तयारीमा अगाडि बढ्नु पर्छ भन्ने हो,’ नेम्वाङले भने, ‘सर्वोच्च अदालतले सुनुवाइका क्रममा अर्कै आदेश गरेछ भने फरक कुरा हो । हैन भने यो सन्दर्भमा निर्वाचन आयोगलगायत सबै निर्वाचनमा लाग्नु बाहेक उपाय छैन । हामीले यही कुरा राख्यौं । दल दर्तासम्बन्धी प्रक्रिया अगाडि बढाउनुस्, निर्वाचनको सबै कार्यमा तदारुकताका साथ अगाडि बढ्नुस भन्ने सुझाव दियौं ।’

नेम्वाङले नेकपाको आधिकारिकताबारे आयोगले निर्णय गरिसकेको दाबी गरे । ‘अधिकारिकताको सन्दर्भमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यही आधिकारिकताको जगमा उभिएर यो सम्पूर्ण प्रक्रिया अगाडि बढ्छ । हामी समयमा निर्वाचन सम्पन्न गर्छौं भनेर निर्वाचन आयुक्तले जानकारी दिनु भएको छ,’ नेम्वाङले भने ।


#सुवास नेम्वाङ #नेकपा

प्रतिकृया दिनुहोस