२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति

- विशेष खबर बुधबार १४, माघ २०७७ ०७:०३

शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

माघ ११ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छपाईभई आएको शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

त्यस्तै माघ ५ गतेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने र नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले जानकारी दिए ।


#मन्त्रिपरिषद् बैठक #हुलाक टिकट

प्रतिकृया दिनुहोस