२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

प्रधानमन्त्रीकप विजेतालाई १० लाख रूपैयाँ दिने क्यानकाे निर्णय

- विशेष खबर मङ्गलबार १३, माघ २०७७ ०७:३७

प्रधानमन्त्रीकप विजेतालाई १० लाख रूपैयाँ दिने क्यानकाे निर्णय

काठमाडौं । प्रधानमन्त्रीकप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेताले १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै उप विजेताले पाँच लाख रुपैयाँ पाउने छन् । सेमिफाइनल पुग्ने दुई टिमले भने ५०/५० हजार रुपैयाँमा चित्त बुझाउने छ । यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार रुपैयाँ पाउने छन् ।

नेपालले कतार स्पोर्ट्स डेका अवसरमा हुने दुई देशीय ट्वान्टी ट्वान्टी खेलमा पनि सहभागिता जनाउने भएको छ । कतार क्रिकेट संघले नेपाललाई त्यसको निम्तो पठाएको हो । त्यसका लागि नेपाली टिमको प्रशिक्षण फेब्रअरी १ बाट सुरु हुनेछ ।


#नेपाल क्रिकेट संघ

प्रतिकृया दिनुहोस