२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

- विशेष खबर मङ्गलबार १३, माघ २०७७ ०९:५६

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको देउवा इतर समूहका नेताहरुको बैठकले मंगलबारको केन्द्रीय समितिको बैठकबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न सभापति देउवालाई दबाव दिने निष्कर्ष निकालेको थियो । सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले अहिल्यै आन्दोलनमा जानु उपयुक्त नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

 


#नेपाली काँँग्रेस #केन्द्रीय कार्यसमिति

प्रतिकृया दिनुहोस