२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, तेस्रो जनआन्दोलन सुरु भएकाे वाग्लेको घोषणा

- विशेष खबर सोमबार १२, माघ २०७७ ०५:११

शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, तेस्रो जनआन्दोलन सुरु भएकाे वाग्लेको घोषणा

काठमाडौं । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए ।

'हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना बर्बर दमन गर्‍यो ', वाग्लेले भने, 'अब तेस्रो जनआन्दोलन सुरु भयो ।'

यस्तै वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । 'आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्ने छौं,' उनले भने,' घाइते भएका हाम्रा साथीहरुको यथार्थ जानकारी संकलन गर्ने छौं । सरकारको लालच हामीलाई चाहिँदैन । हामी आफैं उपचार गर्ने छौं ।'


#आन्दोलन #प्रहरीले हस्तक्षेप #प्रतिनिधिसभा विघटन

प्रतिकृया दिनुहोस