- विशेष खबर शुक्रबार ०९, माघ २०७७ १०:३९
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् ।
टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ युएई गएका हुन् । खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहलेछन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्नेछन् । टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गइसकेका छन् । कामीले अरेबियन्स टोलीबाट खेल्ने छन् ।
टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिकृया दिनुहोस