२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

संवैधानिक इजलासले माग्यो प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

- विशेष खबर बिहिबार ०८, माघ २०७७ ०३:४८

संवैधानिक इजलासले माग्यो प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।

रिट निवेदकका तर्फबाट राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । निवेदकका कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटन गरिएको सूचना राजत्रमा प्रकाशन नभएको हुनाले विघटनको सूचना अनधिकृत भएको बताएका थिए ।

त्यसपछि अधिवक्ता टीकाराम भट्टराईले पनि राजपत्रमा प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित नभएको बताए ।

राष्ट्रपति कार्यालयकाे वेबसाइटमा मात्रै सूचना प्रकाशित भएकोले प्रतिनिधिसभा विघटन अनधिकृत भएको उनीहरूकाे तर्क थियाे ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक अधिवक्ता ज्ञानेन्द्र आरणले पनि उक्त कुरा उठाएपछि इजलासले राजपत्र छ कि छैन ? भनेर सरकारी पक्षलाई साेधेकाे थियाे ।

सरकारी कदमकाे रक्षा गर्न उपस्थित महान्यायाधिवक्ता कार्यालयका अधिकारीले भने जवाफ दिन सकेनन् ।

 


#प्रतिनिधिसभा विघटन #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस