२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

दिल्ली क्यापिटल्सबाट सन्दीप लामिछाने रिलिज

- विशेष खबर बुधबार ०७, माघ २०७७ ०७:५३

दिल्ली क्यापिटल्सबाट सन्दीप लामिछाने रिलिज

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले बुधबार नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीपले आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट कुनै खेल खेल्ने अवसर पाएका थिएनन् ।

क्रिक इन्फोका अनुसार दिल्लीले सन्दीपसँगै अन्य दुई खेलाडी इंग्ल्यान्डका जेसन रोय र भारतकै मोहित शर्मालाई पनि फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीप सन् २०१८ मा लिलामीबाट दिल्लीसँग आबद्ध भएका थिए ।

त्यसक्रममा उनले त्यो सिजनको आईपीएलमा तीन खेलमा पाँच विकेट लिएका थिए । त्यसपछिको सिजनमा उनले ६ खेलमा आठ विकेट लिएका थिए ।


#आईपीएल #सन्दीप लामिछोन

प्रतिकृया दिनुहोस