२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद् विघटन : प्रधानमन्त्री ओली

- विशेष खबर आइतबार ०४, माघ २०७७ ०७:०९

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद् विघटन : प्रधानमन्त्री ओली
तस्बिरः रासस ।

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन् ।

अखिल नेपाल महिला सघंको दोस्रो केन्द्रीय कमिटीको बैठकमा उनले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको स्पष्ट गरे । 'संविधानमा राष्ट्रपतिले सरकारको सिफारिसमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो', ओलीले भने, 'कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।'

संसद् विघटनको विषयमा राष्ट्रपतिको मर्यादा समेत ख्याल नगरिएको ओलीले बताए । संसद् विघटन प्रधानमन्त्रीले गरेपनि राष्ट्रपति माथि हमला गरिएको उनको भनाइ थियो । हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्र माथि हमला गरेको ओलीले बताए । ‘दरबार हत्याकाण्ड पछि खोजेर ल्याएको नक्कली राजालाई दाम चढाएको होइन ? अहिले फेरि गणतन्त्रमाथि हमला ?’, उनले भने ।

स्वतन्त्र न्यायलय र निर्वाचन आयोगलाई हमला गरिएको ओलीले बताए । ‘अदालतप्रति सम्मान छ । तर, हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनर्स्थापना गर्छौ । यो भनेको न्यायलयमाथि हमला होइन ?’, उनले भने । न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर न्यायालय कमजोर पार्ने प्रयास भएको बताए ।

निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगलाई हुल बाँधेर काम नगर्न धम्की दिएको ओलीले बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता नै भएको ओलीको भनाइ थियो । पार्टी, सत्ता र देश कब्जा गर्छु भनेर पार्टी एकता गरेको उनले आरोप लगाए ।


#प्रधानमन्त्री #केपी शर्मा ओली

प्रतिकृया दिनुहोस