२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

आक्रामक आन्दोलन गर्न कार्यकर्तालाई दाहालकाे निर्देशन

- विशेष खबर आइतबार ०४, माघ २०७७ ०५:०३

आक्रामक आन्दोलन गर्न कार्यकर्तालाई दाहालकाे निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए ।

आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’

प्रज्ञा भवनमा आफूपक्षका नेता/कार्यकर्ता उपस्थित आजको भेलामा बोलेका दाहालले भने, ‘मलाई किन किन टाउको चिलाएको छ, लाठी खान मन छ योपटक। साँच्चै हो।’, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’

उनले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि बताएका छन्। ‘तपाईंहरू पछाडि र म अगाडि बसेर माघ ९ मा प्रदर्शन हुन्छ,’ उनले भने, ‘युवाको काँधमा ठूलो जिम्मेवारी छ। ठूलो षड्यन्त्र हुँदैछ, रोक्नुछ।’

उनले युवा र विद्यार्थीलाई बाघ र सिंहजस्तो गर्जन भनेका छन्। प्रतिक्रान्तिकारीका मुटु हल्लिने गरी आफूहरूले आन्दोलन गर्ने पनि उनले बताएका छन्।

उनले गिरिजाप्रसाद कोइराला, माधव नेपाल र झलनाथ खनालहरूले विगतमा लाठी खाएजस्तै आफूलाई पनि लाठी खान मन लागेको बताएका थिए।


#पुष्पकमल दाहाल #माधव नेपाल

प्रतिकृया दिनुहोस