२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग

- विशेष खबर आइतबार ०४, माघ २०७७ १२:०९

सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग
फाइल तस्बिर।

काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ ।

आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेर वैशाखमा निर्वाचन तय गरेका थिए। तर यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला आयोगले भने निर्वाचन तयारी थालेको छ।

‘निर्वाचन सम्बन्धी अहिलेसम्म भएका तयारीबारे पनि जानकारी दिने कार्यक्रम छ,’ प्रवक्ता श्रेष्ठले भने।


#निर्वाचन आयोग

प्रतिकृया दिनुहोस