२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

ओलीलाई थप कारबाही गर्नुपर्ने अवस्था आयोः माधव नेपाल

- विशेष खबर बिहिबार ०१, माघ २०७७ ०६:४०

ओलीलाई थप कारबाही गर्नुपर्ने अवस्था आयोः माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनले बिहीबार गरेको 'प्रतिनिधिसभा विघटन : प्रतिगामी कदम' विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने, 'अब ओलीले विश्राम लिनुपर्छ, ओलीको बोझ यो देशले बोक्न सक्दैन ।'

प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले भने, 'ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ ।'

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए । उनले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नरहेको पनि धारणा राखेका थिए ।


#माधवकुमार नेपाल #नेकपा

प्रतिकृया दिनुहोस