२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारलाई सर्याे

- विशेष खबर बुधबार २९, पुष २०७७ ०४:५०

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारलाई सर्याे

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट संवैधानिक इजलासमा हेर्ने कि बृहत पूर्ण इजलासमा भनेर बहस सुरु भएको छ । तर सरकारी पक्षका वकिलहरु बोल्न बाँकी नै भएपछि हेर्दाहेर्दैमा शुक्रबारलाई सारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेको छ ।

त्यसबारे एकल इजलासमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पुगेको छ ।

बुधबार सबै रिट निवेदकले बृहत पूर्ण इजलासमा यो मुद्दा लैजानुपर्ने माग गरेका कारण किन बृहत पूर्ण इजलासमा ? भन्ने बहस सुरु भयो ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बृहत पूर्ण इजलासमा असहमति जनाएका छन् ।

रिट निवेदकहरुको बहस गरेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, दिनेश त्रिपाठी, चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, हरि उप्रेती र हरिहर दहालले यो संवैधानिक विषय मात्र मात्र नभएकाले बृहत पूर्ण इजलासले हेर्नुपर्ने तर्क गरेका थिए ।

सरकारको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले भने यो मुद्दामा संवैधानिक व्याख्या नै महत्वपूर्ण भएकाले बृहत पूर्ण इजलास आवश्यक नपर्ने बताए । सरकारको तर्फबाट बहस गर्ने वकिलहरु बाँकी नै रहेकाले यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब पर्सि शुक्रबार पुनः सुनुवाइ हुनेछ ।


#प्रतिनिधिसभा विघटन #संवैधानिक इजलास

प्रतिकृया दिनुहोस