२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

प्रधानमन्त्रीलाई दाहाल-नेपाल पक्षले भन्याे- 'पूर्वप्रधानन्याधीशहरु नधम्क्याऊ'

- विशेष खबर आइतबार २६, पुष २०७७ ०७:४०

प्रधानमन्त्रीलाई दाहाल-नेपाल पक्षले भन्याे- 'पूर्वप्रधानन्याधीशहरु नधम्क्याऊ'
फाइल तस्बिर ।

काठमाडौं । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले चार पूर्वप्रधानन्याधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकले जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भनेर पूर्वप्रधानन्याधीसहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गरेको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

‘मुख्यत: चार पूर्वप्रधानन्याधीसहरुले देश जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाको कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनु भएकोमा उहाँहरुलाई प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

यस्तै नेकपा (दाहाल-नेपाल) पक्षले अधिनायकवादी र निरंकुश चरित्र बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।

सचिवालय बैठकले प्रधानमन्त्री ओलीले केही समययता प्रदर्शन गरेको चरित्रलाई अधिनायकवादी र निरंकुश रहेको निष्कर्षसहित त्यसप्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 


#दाहाल-नेपाल पक्ष #प्रधानमन्त्री

प्रतिकृया दिनुहोस