२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

पत्नी सीताकाे उपचारका लागि भाेलि मुम्बई जादै दाहाल

- विशेष खबर आइतबार १९, पुष २०७७ ०६:२८

पत्नी सीताकाे उपचारका लागि भाेलि मुम्बई जादै दाहाल

काठमाडाैं । नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल भाेलि पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको यो समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराएको एक स्थायी कमिटी सदस्यले बताए ।

स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट यो समूहको आइतबार स्थायी कमिटी बैठक बसेको थियो ।


#पुष्पकमल दाहाल

प्रतिकृया दिनुहोस