२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

बिबिएलः पहिलाे खेलमा सन्दीपकाे २ विकेट

- विशेष खबर शनिबार १८, पुष २०७७ ०३:५१

बिबिएलः पहिलाे खेलमा सन्दीपकाे २ विकेट

काठमाडाैं । सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि शनिबार पहिलो खेल खेलेका छन् । आफ्नो नयाँ टिमका लागि खेल्ने क्रममा सन्दीपले दुई विकेट पनि लिए ।  होबार्टले बिग बासमा मेलबर्न स्टार्सलाई २१ रनले हरायो ।

पहिले ब्याटिङ गरेको होबार्टले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो । त्यसमा डाविड मालानले सर्वाधिक ७६ रन बनाए । जवाफमा मेलबर्नले ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

नेपाली लेग स्पिनर सन्दीपले आफ्नो चार ओभरमा ३८ रन खर्चे । उनले हिल्टन कार्टराइट र बेन डन्कको विकेट लिए । मेलबर्न स्टार्सका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रन बनाए ।


प्रतिकृया दिनुहोस