२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

प्रधानमन्त्री ओलीले भने- अब संसद पुन:स्थापना हुन सक्दैन्

- विशेष खबर बुधबार १५, पुष २०७७ ०५:४६

प्रधानमन्त्री ओलीले भने- अब संसद पुन:स्थापना हुन सक्दैन्

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुन:स्थापना हुन नसक्ने बताएका छन् । 

आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुन:स्थापना नहुने बताएका हुन् । आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुन:स्थापना नहुने बताए ।

नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुन:स्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको सन्दर्भमा ओलीले भने, 'संविधानअनुसार विघटन भएको संसद पुन:स्थापना हुँदैन । संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो ।

३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुन:स्थापना हुँदैन,' उनले थपे, 'संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ । त्यसैले विघटन भएको संसद पुन:स्थापना हुन सक्दैन ।'

अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने ओलीको भनाइ थियो । उनले अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको बताए ।

 


#प्रधानमन्त्री

प्रतिकृया दिनुहोस